Comments Add Comment

Advertisment

SKIP THIS

गृह मन्त्रालय नपाए रास्वपा सरकारमा नजाने

१२ चैत , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुनका लागि शर्तहरु अगाडि सारेको छ ।

रास्वपाले साविकका मन्त्रालयहरु पाएमात्रै सरकारमा सहभागी हुने अडान राखेको छ । यदि साविकका मन्त्रालय आफूहरुले नपाएको खण्डमा रास्वापा सरकारमा सहभागी नहुने पार्टी प्रवक्ता डा। मुकुल ढकालले बताए ।

रास्वपाले यसअघि गृह, शिक्षा, श्रम मन्त्रालय र एक राज्यमन्त्री पाएको थियो । रास्वपा सभापति रवि लामिछानेको नागरिकता विवादका कारण उनी सांसद् पदबाट मुक्त भएका थिए ।

लामिछाने पदमुक्त भएसँगै गृहमा रास्वपाले दाबी गर्दै आएको थियो । प्रधानमन्त्री प्रचण्ड पुनः गृहमन्त्रालय दिन सकारात्मक नहुँदा रास्वपा सरकारबाट बाहिरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment