Comments Add Comment

Advertisment

SKIP THIS

रास्वपाका प्रवक्ता झा भन्छन् – दुई दिनको पानीले यो सरकारको औकात देखाइदियो !

१३ असोज , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक प्रवक्ता मनिष झाले दुई दिनको पानीले वर्तमान सरकारको औकात देखाइदिएको टिप्पणी गरेका छन् ।

आज बसेको रास्वपा केन्दीय समितिको बैठकपछि बोल्दै कार्यबाहक प्रवक्ता झाले यस्तो बताएका हुन् । उनले दुई दिनको पानीले दुई तिहाइ बहुमतको सरकारको औकात देखाइदिएको टिप्पणी गरे।

जोखिम छ भन्ने पूर्व सूचना हुँदा पनि सरकारले संवदनाहीनता, असक्षमता र अकर्मण्यता देखाएको उनले आरोप लगाए । रास्वपाका सभापति रवि लामिछाने र सहकारी प्रकरणमा सरकार अड्किँदा विपद् व्यवस्थापनमा चुकेको उनले बताए ।

उनले असोज १७ रास्वपा सरकारमा हुँदा बाढीको जोखिम रहेको छ भनेर तयारी गरेको भएपनि अहिले नयाँ गठबन्धन बनेर बनेको सरकारले विपद् व्यवस्थापनमा अर्कमण्डयता देखाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment