सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने रास्वपाको निर्णय -
Comments Add Comment

Advertisment

SKIP THIS

सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने रास्वपाको निर्णय

१८ असार, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ गठबन्धन सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको हो । सचिवालय बैठकले नयाँ गठबन्धन र अब बन्ने सरकारमा सहभागी नहुने निष्कर्ष निकालेको प्रमुख सचेतक सन्तोष परियारले बताए ।

नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिने सचेतक परियारले बताए । रास्वपाबाट अहिलेको संघीय सरकारमा ४ जना मन्त्री छन्। सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्।

प्रमुख सचेतक परियारले भने,‘हामी अब बन्ने गठबन्धनमा हामी रहँदैनौं, सरकारमा जाँदैनौं। यसमा हामी स्पष्ट छौं । अर्को सरकार बन्ने प्रक्रिया अघि बढेपछि हामी स्वभाविक रूपमा सरकारबाट बाहिरिन्छौं।’

उनले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको भन्दै यसले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकले निष्कर्ष निकालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment