Comments Add Comment

Advertisment

SKIP THIS

आईफोनको तुलनामा एन्ड्रोइड प्रयोगकर्ता बढी इमान्दार र नम्र हुन्छन्- अध्ययन

२९ कार्तिक , काठमाडौं । कतिपय अवस्थामा हामीले रोजेको फोनले हाम्रो व्यक्तित्व झल्काइरहेको हुन्छ । एक अध्ययनले एन्ड्रोइड फोन खरिद गर्ने प्रयोगकर्ता आईफोन खरिद गर्नेहरूको तुलनामा बढी इमान्दार र नम्र हुने देखाएको छ ।

एप्पल प्रयोगकर्ताले फोनका कारण आफ्नो देखावटी अवस्था प्रदर्शन गर्ने गरेको साे अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ लिंकन र ल्यान्कास्टर युनिभर्सिटीका खोजकर्ताले सयौँ मानिसहरू र उनीहरूको फोनसँगको सम्बन्धबारे गरेकाे अध्ययनपछि याे निष्कर्ष निकालेका हुन् ।

अध्ययनमा उनीहरूले एन्ड्रोइड प्रयोगकर्ता परिपक्क हुने, बढी इमान्दार हुने, नम्र स्वभावका हुने, आफ्नो फाइदाका लागि नियम नताेड्ने, धन र सम्पत्तिमा कम चासो राख्ने लगायतका प्रतिक्रिया दिएका थिए । एन्ड्रोइड डिभाइस प्रयोग गर्ने अधिकांश प्रयोगकर्ता पुरुष भएको उक्त अध्ययनले देखाएको थियो ।

यस विपरीत अध्ययनले आईफोन प्रयोगकर्ताहरू परिपक्क नदेखिने, कम इमान्दार हुने गरेको देखायो । मानिसहरूको व्यक्तित्व र उनहरूको फोनबीचको सम्बन्धबारे गरिएको यो नै पहिलो अध्ययन भएको बताइएकाे छ ।

साइबरसाइकोलोजी, बिहेबियर एन्ड सोसल नेटवर्किङ नामक जर्नलमा याे रिपोर्ट प्रकाशित छ । ५०० जनामा फोनसम्बन्धी उनीहरूको धारणासम्बन्धी प्रश्न सोधिएको थियो । अध्ययनका आधारमा मनोवैज्ञानिकहरूले त्यस्तो कम्प्युटर प्रोग्राम तयार पारेका थिए, जसले मानिसहरूले कस्तो स्मार्टफोन प्रयोग गर्छ भन्ने कुराको भविष्यवाणी गर्न सक्थ्यो ।

“एन्ड्रोइड प्रयोगकर्तासँग तुलनामा गर्दा हामीले के पत्ता लगाएका छौं भने आईफोन प्रयोगकर्ता प्रायः महिला हुने, कम परिपक्व हुने र फोनले नै आफ्नो अवस्था झुल्किन्छ भन्ने सोच्ने किसिमका हुन्छन्,” रिपोर्टमा लेखिएको छ, “व्यक्तित्वमा खोजिएको मुख्य भिन्नतामा आईफोन प्रयोगकर्ताले निम्न स्तरको इमान्दारिता देखाइएको पाइयो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै