Comments Add Comment

Advertisment

SKIP THIS

नेप्सेमा दोहोरो अंकको गिरावट : चार अर्ब ४२ करोडको कारोबार

२२ कात्तिक , काठमाडौ । तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा दोहोरो अंकको गिरावट आएको छ ।

सोमबार नेप्से १९ दशमलव २० अंकले घटेर दुई हजार आठ सय २९ दशमलब ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

यस्तै, नेप्सेमा चार अर्ब ४२ करोड सात लाख बराबरको कारोबार भएको छ । कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह घटेका छन् ।

यस्तै, आज सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकले ५२ करोडभन्दा बढीको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज फाइनान्स, म्युचल फण्ड र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राता देखिएका छन् । कारोबारमा आएका कम्पनीमध्ये पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

सेयर मूल्य उच्च वृद्धि हुनेमा साहस उर्जा कम्पनी, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तिय संस्था र महालक्ष्मी विकास बैंक रहेका छन् । यि सबै कम्पनीको सेयर मूल्य नौ देखि १० प्रतिशतसम्मको हाराहारीमा बढेको छ ।

आज सबैभन्दा कम नोक्सान व्यहोर्नेमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ता रहेका छन् । फाइनान्सको सेयर मूल्य झण्डै आठ प्रतिशतले घटेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै