जसपाले थाल्यो विधान अधिवेशनको तयारी -
Comments Add Comment

जसपाले थाल्यो विधान अधिवेशनको तयारी

२३ पुष , काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले विधान अधिवेशनको तयारी थालेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजकत्वको विधान मस्यौदा समितिले पार्टीको विगतको आफ्नो सांगठनिक अनुभव, प्रमख राजनीतिक दलका सांगठनिक पद्दति र संरचनाबारे अध्ययन थालेको हो ।

साथै संघीय र समाजवादी मुलुकका त्यस सम्बन्धि दस्तावेजहरु पनि उपयोगी हुन सक्ने समितिले ठहर गरेको छ । जनता समाजवादी पार्टी, नेपालको राजनीतिक समितिले संगठनहरु गठन, पुनर्गठन गर्ने निर्णय गरेसँगै केन्द्रीय संगठन विभागले मातहतका पार्टी संगठन, समितिहरु र भ्रातृ संगठनहरुसँंग अभिलेख माग गर्ने भएको छ ।

आगामी चैत्र सम्ममा विधान अधिवेशन गर्ने र जेष्ठमा पार्टीको महाधिवेशन गर्ने पार्टीको तयारी रहेको जसपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै