Comments Add Comment

Advertisment

SKIP THIS

सुदूरपश्चिम जाँदै एमाले अध्यक्ष ओली

२२ कात्तिक , काठमाडौ । एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न फेरि सुदूरपश्चिम प्रदेश जाने भएका छन् । १८ कात्तिकमा दार्चुलाबाट चुनावी सभा सुरु गरेका ओली केही दिन अघि काठमाडौं फर्किएका थिए।

उनी २६ कात्तिकमा सुदूरपश्चिमका तीन स्थानका आमसभालाई सम्बोधन गर्ने भएका हुन्।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले २६ कात्तिक बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

ओलीले कात्तिक १८ गते पनि दार्चुला, बैतडी र कञ्चनपुरको महेन्द्रनगरका तीनवटा सभालाई सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment