
२० असार , काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जादैछन् ।
रुपन्देहीका एक हजारभन्दा बढी एसईईमा उच्च अङ्क ल्याउने विद्यार्थीहरूलाई सम्मान तथा अन्तरक्रिया गर्न ओली बुटवल आउन लागेका हुन् ।
ओलीसहितका नेताहरूको बिहान साढे १० बजे यति एयरबाट बुटवल आउने बताइएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रुपन्देहीका विद्यालयबाट २०८० सालको एसईईमा ३ दशमलव ६ जीपीए प्राप्त गर्न सफल एक हजार २८ विद्यार्थीलाई एक ठाउँमा सहभागी गराएर पार्टी अध्यक्ष ओलीमार्फत सम्मानको कार्यक्रम तय गरिएको अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्यालले बताए ।
दिउँसो साढे १२ बजे हुने कार्यक्रममा एमाले अध्यक्ष ओलीले बालबालिकासँग अन्तर्क्रिया पनि गर्ने कार्यक्रम तय भएको बताइएको छ ।