३० असोज , काठमाडौ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले पछिल्लो समय प्रहरीलाई गाली गर्ने प्रवृत्ति बढेको बताएका छन् ।

मंगलबार ६९औं प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल प्रहरीलाई पछिल्लो समय गाली गर्ने प्रवृत्ति बढेको तर समस्यामा प्रहरी नै सारथि बनिरहेको बताए ।

‘हुन त प्रहरीलाई गाली गर्छन् । तर, दुःख पर्दा पहिलो नम्बरमा नेपाल प्रहरीलाई सम्झन्छन्,’ उनले भने, ‘नेपाली जनताको पहिलो रोजाई नेपाल प्रहरी बनेको छ।’