माधव नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलायो -
Comments Add Comment

माधव नेपाल पक्षले स्थायी कमिटीको बैठक बोलायो

२१ जेठ , काठमाडौ । नेकपा एमाले माधव-झलनाथ समूहको केन्द्रीय कमिटीको दुई दिने बैठक शुक्रबार सकिएको छ । केन्द्रीय कमिटीमा उठेका विषयहरुलाई अन्तिम रुप दिनका लागि शनिबार स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

विहीबार र शुक्रबार दुई दिनसम्म माधव–झलनाथ पक्षका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक बसेको थियो । बैठकले केपी ओलीसँग सम्झौताहीन संघर्ष गर्ने लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।

साथै आगामी बाटो कस्तो तय गर्ने भन्नेबारे केन्द्रीय सदस्यहरुको धारणा मागिएको र यसलाई शनिबार स्थायी कमिटीले अन्तिम रुप दिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै