Comments Add Comment

Advertisment

SKIP THIS

समयमै जहाज मर्मत गर्न नसकेपछि नेपाल वायु सेवा निगम उडान रद्द गर्न वाध्य

१५ साउन , काठमाडौ । बेलैमा जहाज मर्मत गर्न नसकेपछि नेपाल वायुसेवा निगमले आफ्ना नियमित उडान धमाधम रद्द गर्न थालेको छ। निगमको वाणिज्य विभागले शुक्रबार जारी गरेको संशोधित बर्खे तालिकामा फेरि अर्को न्यारोबडी (नाइनएन–एकेडब्लु) को दायाँ इन्जिनमा समस्या देखिएपछि भारतको दिल्लीका लागि तय भएका तीन र मुम्बईको एक गरी चारवटा उडान रद्द गरिएको जानकारी अन्तर विभागलाई पठाएको छ।

अब निगम मातहतका सम्बन्धित विभागले यो सूचनाका आधारमा यात्रु तथा एजेन्सीलाई जानकारी गराउने लगायतका काम गर्नुपर्ने छ। यो साउन तेस्रो साताका लागि मात्रै तोकिएको तालिका हो। जहाजको उपलब्धता नभएपछि अर्को साता थप उडान रद्द हुने क्रम बढ्ने छ। जसका कारण निगमको साखमा असर त पर्ने नै छ निगमले करोडौंको व्यापार पनि गुमाउने छ। तामझामका साथ थालिएको साउदीको रियाद उडान पनि जहाज अभाव नभएकै कारण रद्द गरिएको छ।

निगमका एक इन्जिनियरका अनुसार, बिहीबार प्राविधिकहरुले सगरमाथाु नाम दिइएको न्यारोबडी जहाजको दायाँ इन्जिनको बोरोस्कोप इन्स्पेक्सन (जाँच) गरेका थिए। उक्त जाँचले ५ उडान (टेकअफ र ल्यान्डिङ गरी दस साइकल) मात्रै गर्न मिल्ने देखायो। उक्त जहाजले शनिबार दिल्लीका लागि एउटा मात्रै उडान गर्‍यो। ‘बोरोस्कोप इन्स्पेक्सन (जाँच) का कारण आइतबारदेखि यो विमानको कतै पनि उडान राखिएको छैन,’ एक इन्जिनियरले भने, ‘निर्माता कम्पनी एयरबसका प्राविधिकहरुले बोरोस्कोप इन्स्पेक्सनमा गरेको विश्लेषण अनुसार यस्तो अवस्थामा जोखिम लिएर उडान गर्न मिल्दैन। हवाई तथा यात्रु सुरक्षालाई प्राथमिकता दिनुपर्छ।’

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी विमान छन्। यीमध्ये ुमकालुु नाम दिइएको वाइडबडी नियमित मर्मत (सी–चेक) का लागि हाल इन्डिनेसियामा छ। उक्त विमान पनि नहुँदा अब १० वटा अन्तर्राष्ट्रिय गन्तव्यको चाप दुइटा जहाज ९१र१ न्यारोबडी र वाइडबडी० माथि आइपर्ने छ।

‘यो इन्जिन नेपालमा बनाउन सकिँदैन। विदेश लैजानुपर्छ। निगमले मर्मतका लागि इन्जिन कसलाई दिने टुंगो लगाउन सकेको छैन,’ ती इन्जिनियरले भने, ‘यही जहाजको समस्याले टाउको खाइरहेको छ। अर्को ग्राउन्डेड टुइनअटरलाई ध्यान दिनै सकिरहेका छैनौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment