राप्रपाबाट को-को बन्दैछन् मन्त्री ? -
Comments Add Comment

राप्रपाबाट को-को बन्दैछन् मन्त्री ?

३ माघ , काठमाडौं । सत्ता गठबन्धनदलका घटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भागमा तीन मन्त्रालय परेको छ । जसमा उर्जा, खेलकुद र शहरी मन्त्रालय रहेको छ ।

सोमबार अबेरसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डामा सहमति जुटाएका थिए । सहमति अनुसार राप्रपालाई उपप्रधानमन्त्रीसहित तीनवटा मन्त्रालय पाउने भएको हो ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री बन्ने भएका छन् । राप्रपाका एक नेताका अनुसार विक्रम पाण्डे सहरी विकास मन्त्री र ध्रुबबहादुर प्रधान कानुन मन्त्री बन्ने भएका छन् ।

त्यस्तै, शहरी विकास राज्यमन्त्रीमा दीपकबहादुर सिंहलाई नियुक्त गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

राप्रपामा महामन्त्री धवलशमशेर राणा, दीपक बोहोरा र पशुपतिशमशेर राणा मन्त्री बन्न इच्छुक थिए । तर, तीन मन्त्रालय मात्र भागमा परेकाले उनीहरू मन्त्री सकेनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् बिस्तार गर्ने भएका छन् । दिउँसो १ बजे नवनियुक्त मन्त्रीहरूले शपथ लिने गरी तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment