Comments Add Comment

Advertisment

SKIP THIS

पोखरेली जनताको सेवक भएर काम गर्छु एमालेका मेयर पदका उम्मेदवार थापा

यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेकपा एमाललेको तर्पबाट पोखरा महानगपालिकाको मेयरको प्रत्यासि कृष्ण थापाले पोखरेली जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

नेकपा एमाले निर्वाचन परिचालन कमिटि पोखरा १७ द्धारा विरौटामा आज आयोजित उम्मेदवार परिचय एवम् वृहत आमसभामा बोल्दै उहाँले सुशासनयुक्त छिटो छरितो सेवा प्रवाह पहिलो प्राथमिकतामा रहने विश्वास व्यक्त गर्नुभयो । पोखरालाई विश्वको उत्कृष्ट सहरको रुपमा परिचित गराउन पोख्रेली जनताको साथ र सहयोग अपरिहार्य हुने विश्वास व्यक्त गर्दै उम्मेदवार थापाले भन्नुभयो प्राकृतिक सम्पदानको संरक्षण गर्दै पर्यटनमैत्री विकास निर्माणमा जोड दिइने छ ।
नेकपा एमाले केन्द्रीय सदस्य समेत रहनु भएका उहाँले घोषणापत्रमा गरिएका प्रतिवद्धता अक्षरस पालना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा एमाले स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री खगराज अधिकारीले परमादेशबाट बनेको गठबन्धन सरकार विकास विरोधी भएको बताउनुभयो । गठबन्धनलाई नेपाली जनताको बलले परास्त गर्ने विश्वास व्यक्त गर्दै उहाँले निर्वाचनमा सूर्य ध्वजावाहक उम्मेदवारलाई विजय गराउन कार्यकर्तालाई संगठित भएर अघि बढ्न आग्रह गर्नुभयो ।

एमाले वडा नं. १७ का अध्यक्ष ऋषव तिमिलाको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश उपसचिव रश्मि आचार्य, वडाका उपाध्यक्ष लालबहादुर राना, उपसचिव उत्तम सिग्देल लगायतले विजय हासिल गर्न संगठित भएर निर्वाचन केन्द्रीत हुनु पर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै