७ भदौ , काठमाडौं । काठमाडौँ र चितवन गरी आज आठ सवारीसाधनमा तोडफोड गरिएको छ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना चार दलले आज बन्दको आह्वान गरेका छन् ।
नेपाल प्रहरीका अनुसार ११ जिल्लाबाट ४४ बन्दकर्तालाई पक्राउ गरिएको छ । अहिलेसम्म चितवनमा पाँच र काठमाडौँमा तीनवटा सवारीसाधनमा तोडफोड भएको छ ।
प्रहरीका अनुसार देशभर बन्दको प्रभाव आंशिक छ । अवस्था सामान्य बन्दै गएको छ । केही ठाउँमा फेलापरेका शंकास्पद वस्तु नेपाली सेनाको टोलीले ‘डिस्पोज’ गरेको छ । देशभर चोकचोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।





