दानबीर : कृष्णकुमार गिरी : नेपाल दशनामी समाजका संस्थापक संरक्षक सदस्य श्री कृष्णकुमार गिरीले नेपाल दशनामी समाजको लागि घर तथा जग्गा ब्यबस्थापनार्थ एक करोड रुपैयाँ दिने घोषणा गर्नुभएको खवर छ ।
समाजका संस्थापक संरक्षक सदस्य गिरीको घोषणालाई माइन्यूटमा अभिलेखिकरण गर्दै केन्द्रीय समितिको तर्फबाट उच्च सम्मानसहित हार्दिक आभार प्रकट गरिएको छ । धन्यबाद कृष्णकुमार गिरीलाई !
कुनैपनि संस्थामा तीन थरीका मानिसहरु हुन्छन :
१. बोल्ने मात्र काममा ध्यान नदिने ,
२. न बोल्ने , न त काम गर्ने र
३. बोल्ने पनि कामको परिणाम पनि देखाइदिने ।
तसर्थ नेपाल दशनामी समाजभित्र आज कयौं यस्ता दानबीर तथा विविध क्षेत्रमा कार्यरत कयौं बुद्दिजीवीहरु हुनुहुन्छ । अधिबेशन आएपछि पदको लागि मात्र गोर्खाको लिगलिगकोटको दौडमा भाग लिने र पद सम्हालेर फेसबुकमा दुनिया हंसाउने प्रबृत्तिका चरित्र भएका पात्रहरुको लागीसमेत यो चुनौती हो ।
समाजबाट बौद्दिक फुराक लिएर केही योगदान दिन सक्यो भने सो समाजको पदाधिकारी तथा सदस्य भएको पनि औचित्यता त्यतिखेर झल्किन्छ नै ।
यो अभियानमा संलग्न हुनुहुने बर्तमान अध्यक्षज्यू , कार्यबाहक महासचिबज्यू तथा अन्य बन्धुहरुप्रति हार्दिक धन्यबाद !




