Comments Add Comment

Advertisment

SKIP THIS

करिश्मा बुनु केसीदेखि सूर्यकुमारीसम्म

०८ बैशाख , काठमाडौं । नेपाली फिल्म क्षेत्रमा पाइला टेक्दै गर्दा उनी बुनु केसीका रुपमा पनि चिनिन्थिन् । जब फिल्ममा छाउन थालिन्, त्यसपछि करिश्मा केसी हुँदै मानन्धरका रुपमा चर्चित भइन् । उनै करिश्माले अहिले सूर्यकुमारी भएकी छन् ।

हालै नेकपा एमालेमा प्रवेश गरेसँगै करिश्माले आफ्नो न्वारानाको नाम सूर्यकुमारी भएको खुलाएकी थिइन् । अभिनेत्री करिश्माले आफ्नो आधिकारिक नाम सूर्यकुमारी अहिले सामाजिक सञ्जालमा समेत राखेकी छन् ।

एमाले प्रवेश गरेपछि उनले पार्टी चिह्नसँग नाम मिलेको प्रसंग निकालेकी थिइन् । यसपछि सामाजिक सञ्जालहरूमा उनको निकै चर्चा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै