Comments Add Comment

Advertisment

SKIP THIS

भाटभटेनीका सञ्चालक गुरुङद्धारा भूकम्प पीडितका लागि १ करोड ११ लाख सहयोग

२० कात्तिक , काठमाडौ । भाटभटेनीका सञ्‍चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

सञ्‍चालक गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर भाटभटेनीका तर्फबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । उनले भाटभटेनीका तर्फबाट भूकम्प पीडितलाई खाद्यसामग्री पनि प्रदान गर्ने तयारी गरेका छन् ।

भूकम्पमा परि ज्यान गुमाउनेहरुमा श्रद्धाञ्‍जली व्यक्त गर्दै गुरुङले शोक सन्तप्त परिवार जनप्रति समवेदना व्यक्त गरेका छन् । साथै, उनले घाइतेहरुको शिघ्र स्वस्थ्य लाभको कामना समेत गरेका छन् ।

भाटभटेनीले यसअघिका भूकम्प, कोभिड, बाढीपहिरो लगायतका दैवी विपत्तिमा पनि मानवीय सहयोग गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment