Comments Add Comment

Advertisment

SKIP THIS

जे.एस.फेसनद्वारा गीता पनेरुले गरिन् भूकम्प पीडितलाई सहयोग

२४ कात्तिक , काठमाडौ । जाजरकोट र रुकुम पश्चिम अहिले शोकमा डुबेका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षतिहुँदा यी दुई जिल्लाहरु शोकमा डुबेका छन् ।

एकातिर आफन्त गुमाउँदाको पीडा छ भने अर्कातर्फ घरबारविहीन हुँदाको पीडाले पीडितलाई पिरोलिरहेको छ ।

गत कार्तिक १७ गते गएको बिनाशकारी भुकम्पले आक्रान्त बनेका जनताहरुको पिडामा थोरै भएपनि मलहम लगाउने उद्देश्यले नेपाल उध्धोग व्यापार महासङ्घ केन्द्रीय उप-महासचिव गीता पनेरुले आफ्नै गार्मेन्ट्स जे.एस.फेसन प्रा.लि मा तयार गरिएको केही लत्ताकपडाहरु राहत स्वरुप कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिम पठाउने काम गरेकी छिन् ।

गीता पनेरुका ”अन्सार भुकम्प प्रभावित जिल्ला हरुमध्ये ५ वटा गाउँ र नगरपालिका मा वितरण गरिने गरि ९ वटा आईटम रु,३,६३,४३५ र मुल्य बराबरको कपडाहरु जम्मा १२४५ थान पठाएका छौ ।”

जस मध्ये सानीभेरि नगरपालिका रुकुम पश्चिम को लागि ७१५२५ र (नलगाड नगरपालिका जाजरकोटको लागि ७१८६८ र (चौरजहारी नगरपालिका रुकुमको लागि ६९७२१र (आठबिसकोट नगरपालिका रुकुम पश्चिमको लागि ७२१५० ( भेरि नगरपालिका जाजरकोट को लागि ६८१६७ र  सामानहरु ५ वटा अलग-अलग पोकाहरु बनाएर पठाईएको छ,सरकार को निर्देशन बमोजिम एक द्दार प्रणाली अनुसार नै नगरपालिका अनुसार पठाईएको हुनाले,सोहि हिसाबले वितरण गर्न का लागि समन्वयात्मक भुमिका निर्वाह गरिदिनु हुने नेपाल उध्ध्योग ब्यापार महासङ्घका केन्द्रीय सचिव एवं सचिवालय सदस्य सुर्य थापा र केन्द्रीय सदस्य उदिराम डागीलाई पठाईएको जानकारी दिईन् ।

परम्परागत घरमा क्षति धेरै 

जाजरकोटमा गएको भूकम्पले आधुनिक र पक्की घरभन्दा परम्परागत घरमा क्षति धेरै पुर्याएकाे छ । प्रहरीले अहिले तथ्याङ्क सङ्कलन गरिरहेको जनाएको छ । तर भूकम्प प्रभावित क्षेत्रमा रहेका भत्किएका घरको अवस्था हेर्दा परम्परागत र पुराना घरमा नै पूर्णरूपमा क्षति पुगेको देखिएको छ । जाजरकोटमा व्यवसाय गर्दै आएका दाङका अमन चौधरीले जाजरकोटमा भूकम्पका कारण भत्किएका घर प्रायजसाे पुराना रहेको जानकारी दिनुभयो  ।

विशेषगरी पछिल्लो समय बनाइएका पक्की घरमा त्यति क्षति नपुगेको स्थानीयले बताएका छन् । जिल्लाका अन्य पालिकामा समेत भूकम्पले क्षति पुर्याएको छ, त्यहाँ पनि परम्परागत र पुराना घरमा क्षति पुगेको बताइएको छ । ढुङ्गा र माटाले बनाइएका घरमा धेरै क्षति पुगेको भेरी नगरपालिका–२ का गोपाल विक बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘यो भूकम्पले धेरैजसो ढुङ्गा र माटाले बनाइएका घरमा क्षति पुगेको छ, काठले बनाइएका घर र बजारमा बनाइएका नयाँ पक्की घरमा त्यति क्षति पुगेको छैन ।’ तत्कालीन जाजरकोट दरबारसमेत भूकम्पका कारण चिरा परेको छ ।

खुला आकाशमा रात बिताउँदै 

भूकम्प पीडितले  खुला आकाशमुनि रात बिताएका छन् । भूकम्पकाे त्रासका कारण जाजरकाेट र रुकुम पश्चिमका नागरिकहरु अहिले खुला आकाशमुनि रात बिताइरहेका छन् ।

कतिपयकाे घरहरू भत्किएका छन् भने कतिपयकाे घर चिरा परेर बस्न नमिल्ने अवस्थामा पुगेपछि बाहिर बस्नुपरेको उनीहरुले बताएका छन् । बाहिर बस्नुपरेपछि चिसोको समस्या भएकाे उनीहरूको भनाइ छ ।

उद्धारको काम करिब अन्तिम चरणमा

सरकारले जाजरकोटका भूकम्पबाट प्रभावित भएकाहरूका उद्धारको काम अन्तिम चरणमा पुगेको जनाएकाे छ । भूकम्प प्रभावितको उद्धार गर्न तीनै तहका सरकारको समन्वयात्मक काम गरिरहेका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का आफैँ प्रभावितस्थल जाजरकोट आएर उद्धार र राहतको कमी हुन नदिने बताउनुभएको थियो ।

कर्णालीका गाउँपालिका र नगरपालिकासँगै कर्णाली प्रदेश सरकार र अन्य प्रदेश सरकारले समेत राहत सामग्री ल्याएर वितरण गरेका छन् भने विभिन्न सङ्घसंस्थाले समेत राहत सामग्री वितरण गरेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment