Comments Add Comment

Advertisment

SKIP THIS

यस्तो छ काठमाडौं प्रहरी परिसरको चाडपर्व लक्षित विशेष सुरक्षा योजना : ३ हजार प्रहरी परिचालन

काठमाडौं। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना – २०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको परिसर प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।                                                                                                   

एसएसपी बोहराले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण निर्माण गर्न चाडपर्व सुरक्षा योजना–२०७९ लागू गरिएको बताएका छन् । सुरक्षा निकायबीच उच्च समन्वयमार्फत प्रभावकारी तवरले सुरक्षाकर्मी परिचालन गर्ने, घटना घटेको ठाउँमा पाँचदेखि सात मिनेटसम्म पुगी कानुनबमोजिम कारबाही गर्ने, स्रोत र साधनको यथोचित परिचालन गर्ने, अपराधको न्यूनीकरण गर्ने, पीडितलाई न्याय र पीडकलाई सजाया दिलाउने सुरक्षा योजनाको प्रमुख उद्देश्य रहेको बताए ।

अपराध बढी घटेका स्थान र घट्न सक्ने सम्भावित स्थानलगायतमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँग समन्वय तथा सहकार्यमा सादा पोसाकमा प्रहरी परिचालन, सूचना संकलन तथा प्रहरी परिचालन गरिने भएको छ । चाडपर्वको समयमा सवारी साधनको टिकटमा हुने ठगी, अवैध मदिरा बिक्री वितरण, सवारी दुर्घटना, पकेटमार र लुटपाटलगायतका काम हुने भएकाले विशेष सुरक्षा योजना अघि सारिएको हो।                                                                                   

यो सँगै प्रहरीले चाडपर्व लक्षित राजधानीका विभिन्न १२ स्थानमा यात्रु सहायता कक्ष स्थापना गर्ने भएको छ । जस्तै सुन्धारा, कोटेश्वर, तिलगंगा, गौशाला, चाबहिल चोक, गोंगबु, नयाँ बसपार्क, बालाजु बाइपास, कलंकी र बल्खुमा यात्रु सहायता कक्ष राखिने भएको छ।

एसएसपीका अनुसार चाडपर्वमा प्रहरीको ६१ ठाउँमा पिकेट गस्ती, ६० वटा ठाउँमा बिहान बेलुका र दिउँसो पैदल गस्ती हुनेछ । यस्तै, बिहान र रातको समयमा २४ वटा मोबाइल गस्ती, ७६ वटा साइकल गस्ती, १४ वटा क्वीक रेस्पोन्स टिम र क्रस चेकिङका लागि ४६ ठाउँमा प्रहरी परिचालन गरिने प्रहरीको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै