२६ साउन ,काठमाडौ । अर्थ मन्त्रालयले राजश्व घटेको भन्दै सीमा क्षेत्रको तस्करीमा कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । तर, सुरक्षा निकायहरु भने बिचौलिया सङ मिलेर सेटिङमा व्यस्त छन् ।
लुम्बिनी प्रदेशका कानुनी मन्त्री सन्तोष पाण्डेको सचिवालयमा छु भन्दै बियन गुप्ताको नामले चिनिने बैजनाथ गुप्ताले रूपन्देही जिल्लाका धेरै नागरिकहरुलाई आखामा छारो हाल्दै आएका छन् ।
गुप्ताले ठुलै नेताको आड पाएर देखावटी सामाजसेवी गर्दै उनले तस्करको अखडा समेत बनाएका र बिचौलियाको काम गर्दै नागरिकहरुलाई ठगेको गुनासो प्राप्त भएको छ ।

लुम्बिनीमा तस्करै तस्करको अखडा बनाएका बियन गुप्ता हाल रुपन्देहीमा मुख्य नाईके रहेका गुप्ता उनि प्रहरी कै काम गर्दिन्छु भन्दै जिल्लाका एसपी हरुलाई नै मेरो माथि लिङ्क छ भनी लुट धन्दा गर्दै आएका अहिले उनी नेता (सन्तोष पाण्डे)को सचिवालय प्रमुख हो भन्दै विभिन्न तस्करहरु सङ्ग प्रहरीको सेटिङ्गमा मिलोमत्तो गरेर काम गर्दै आएको जानकारी जिल्लाको विशेष स्रोतले हाम्रो न्युज 24 ग्यालेक्सीलाई दिएको छ ।

बैजनाथ गुप्ता भनिने व्यक्ति यस्ता हुन् जसले अरुलाई नेताको र ठुला ठुला प्रहरीको नाम आडमा काम गर्दिन्छु भन्दै विभिन्न मानिसहरुलाई दुख दिदै हिड्को खबर प्राप्त छ ।
यी बैजनाथ गुप्ताले आफु ठुलै पावरमा भएको र विभिन्न नाम चलेका नेता , प्रहरी सङ्ग फोटो खिचेर देखाउदै तस्करको सङ्गठननै बनाएका छन् । उनी रुपन्देहीको तस्करको नाईके भन्दा पनि फरक नपर्ला नेताको पौचमा गुप्ताले तस्कर गर्दै आए पनि प्रहरी भने मौन छ ।

खुलेआम रकम असुली हुन्छ भन्सारबाट
बिहीबार साढे ११ बजे रुपन्देहीको सुनैली भन्सार पुग्दा कार्यालय सुनसान थियो । अधिकृतस्तरका कर्मचारीका कुर्सी प्राय: खाली थिए । प्रमुख भन्सार अधिकृत बिदामा रहेकाले कार्यालयमा भेटिएनन् । खरिदार, सुब्बा र कार्यालय सहयोगीको मात्रै चहलपहल थियो । ‘१२ बजेभन्दा अगाडि कर्मचारीले काम गर्न जाँगरै चलाउँदैनन्,’ एक सेवाग्राही भन्दै थिए, ‘सरकारी काम कहिले जाला घाम भन्या यही होला ।’
नेपाल र भारतको सिमाना नाकाहरुको सुरक्षाको निम्ति स्थापना रहेको बि.ओ.पी.हरु र इ.प्र.का, चौकीहरुमा घुमुवा नाममा राखिएको प्रहरी जवानहरुले आफै दिनभरि तस्करको गाडीको अगाडी पछाडी घुमिरहेको अवसथा रहेको छ ।




