Comments Add Comment

Advertisment

SKIP THIS

सरकारले डेंगु नियन्त्रणमा केही पनि गरेको छैन

१४ असोज , काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले डेंगुको प्रकोप नियन्त्रणमा सरकारले केही पनि गर्न नसकेको बताएका छन् ।

आज काठमाडौँको चाबहिलमा आयोजित एक कार्यक्रमा बोल्दै महामन्त्री थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको काममा पटक्कै चित्त नबुझेको बताए । उनले भने, ‘डेंगुलाई सरकारले प्राथमिकतामा राख्नु पर्ने थियो । सरकारले काम गरेको छैन, पटक्कै चित्त बुझेको छैन, ‘हामीले कोभिडको बेला अर्को सरकारलाई भन्यौं तर अहिले हाम्रै सरकारले काम गरेन ।’

सरकार अहिले चुनावको तयारीमा रहे पनि डेंगु नियन्त्रणलाई पनि प्राथमिकतामा राख्नुपर्ने भन्दै उनले आपतकालीन बैठक बसेर योजना बनाउनुपर्ने बताए । ‘तालमेल मिलाउने, भागबण्डा गर्ने त्यो पार्टीको काम हो, त्यो पनि गर्नुपर्छ,’ उनले भने, ‘यस बेलाको प्रमुख प्राथमिकता डेंगु हुनुपर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै