Comments Add Comment

Advertisment

SKIP THIS

अष्ट्रेलियाको राजधानी सिड्नीमा फेरि लकडाउन

३१ असार,काठमाडौ । अष्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउन फेरि थपिएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार बृहत सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने निर्णय भएको हो ।

थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागु हुनेछ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ ।

“हामीले स्वास्थ्य अवस्थाका बारेमा गम्भीर समिक्षा गरेका छौँ, सङ्क्रमण अझै पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको हो,” स्वास्थ्य मन्त्रालयलद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

लकडाउनमा लागु हुने नियमहरुलाई कडाइका साथ पालना गर्न पनि सरकारी अधिकारी र स्वास्थ्य अधिकारीहरुले सवैलाई आग्रह गरेका छन् ।

लकडाउन थप भएपछि विद्यार्थीहरुको अध्ययन अध्यापन कार्य पनि अझै केही दिन अनलाइनबाट नै हुने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment