Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपी धीरजप्रताप सिंहको मुद्दामा सुनुवाइ आज

१९ असार , काठमाडौं । धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णयविरुद्ध दायर रिटमा आज सुनुवाइ हुँदैछ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा आज चौथो पटक सुनुवाइ हुन लागेको हो । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दाबारे जेठ ३०, असार ५ र १३ मा सुनुवाइ भैसकेको छ ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धिरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । सरकारले ज्येष्ठता तथा वरीयता मिचेर आईजी बढुवा गरेको भन्दै एआईजी विश्व पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश शुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो।

इजलसाले मिति नै तोकेर सुनुवाइका लागि विपक्षीलाई बोलाएको थियो। उक्त मुद्दामा जेठ १७ गते पेसी भएपनि उक्त दिन म्याद तामेली हुन नसकेपछि सरेको थियो। लगत्तै जेठ ३० गते प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा पेसी परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै