Comments Add Comment

Advertisment

SKIP THIS

मोटरसाइकल दुर्घटनामा दुई जनाको मत्यु

१८ फागुन , काठमाडौं । सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका-१३ अमुवा खोला भित्रि सडक खण्डमा गौरीशंकरबाट बयलबास तर्फ जाँदै गरेको ज.११प. ८९४५ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई पुलको दाहिने साईडमा ठक्कर दिँदा पुलबाट ५ मिटर तल खस्दा दुई जनाको मत्यु भएको छ ।

मोटरसाइकल चालक महोत्तरी जिल्ला औरही नगरपालिका-१ बस्ने बर्ष ३२ को चन्दन कुमार साह र पछाडी सवार सर्लाही जिल्ला कविलासी नगरपालिका-२ पिपरिया बस्ने बर्ष २५ को राम विश्वास मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

बिहान भएको उक्त दुर्घटनामा अचेत अवस्थामा रहेको खबर प्रहरीलाई प्राप्त हुन साथ प्रहरी टोली खटिगई हेर्दा बुझ्दा मृत्यु भइसकेको प्रहरीले बताए ।

उक्त लास पोष्ट माटमको लागी प्रादेशिक अस्पताल सर्लाही पठाईएको र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

मोटरसाइकल दुर्घटनामा दुई जनाको मत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

मोटरसाइकल दुर्घटनामा दुई जनाको मत्यु