Comments Add Comment

Advertisment

SKIP THIS

विद्युत चोरी गरेको आरोपमा ७ जना पक्राउ

१४ मंसिर काठमाडौ । रौतहटको कटहरिया र देबाही गोनाही नगरपालिकामा हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मौलापुर वितरण केन्द्रको चुहावट नियन्त्रण टोली , इलाका प्रहरी कार्यालय गरुडा, सशस्त्र बेस क्याम्प देबाही र सशस्त्र बेस दुधियभारको संयुक्त टोलीले हुकिङ गरी विद्युत चोरी गरिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले रातोपाटीलाई बताए ।

विद्युत चोरी गर्न उनीहरुले प्रयोग गरेको २ थान मोटरलगायत टोलीले बरामद गरेको छ । उनीहरुलाई नियमानुसार जरिवाना गराइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

गैंडाको खागसहित तीन जना पक्राउ

भरुवा बन्दुक सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ