Comments Add Comment

Advertisment

SKIP THIS

खैरो हेरोइन सहित २ जना पक्राउ

१२ मंसिर काठमाडौ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट प्रहरीले खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चितवनको राप्ती नगरपालिका– घर भएका ४२ वर्षीय तेजबहादुर गुरुङ र खुरखुरे घर भएका २९ वर्षीय अनमोल लामा छन् ।
उनीहरुको साथबाट ८ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सिमराबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००२ प १९०२ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा उनीहरुको साथमा लागु औषध फेला परेको थियो ।

प्लाष्टिकको पोकामा लुकाएको सो खैरो हेरोइनसहित पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment