Comments Add Comment

Advertisment

SKIP THIS

वर्षाले भासियो हुलाकी सडक

२५ असार , काठमाडौँ । वर्षाका कारण दाङमा हुलाकी सडकमा क्षति पुगेको छ । हुलाकी राजमार्गको गढवा–राजपुर सडक खण्डअन्तर्गत राजपुर गाउँपालिका–२ मटेरियामा कल्भर्ट र सडककाे केही भाग भासिएको छ ।

पानी निकास हुन नसक्दा सडक र गल्भर्टमा क्षति पुगेको स्थानीयले बताएका छन्। सडकमा क्षति हुँदा आवागमन रोकिएको छ ।

हुलाकी सडकअन्तर्गत बनिरहेको सडक तत्काल मर्मत गरेर सञ्चालनमा ल्याउन स्थानीयले माग गरेका छन् । अहिले पूर्वमा कालाकाटेदेखि पश्चिममा राजपुरको गंगदी सम्मको करिब ४० किलोमिटर सडक कालोपत्रेको काम भइरहेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै