Comments Add Comment

‘नक्कली डाक्टर’ भनेर पक्राउ परेका यादव थुनामुक्त

२९ साउन ,काठमाडौ । डा. रञ्जित कुमार यादव थुनामुक्त भएका छन् ।

‘नक्कली डाक्टर’ भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको थियो । अहिले नक्कली डाक्टरविरुद्ध अभियान नै चलाएको सीआईबीले यादव सक्कली नै भएको थाहा पाएपछि थुनामुक्त गरेको हो ।

नेपाल मेडिकल काउन्सिलले यादवको प्रमाणपत्रको प्रतिलिपि सहितको पत्र सीआईबीलाई सोमबार पठाएको थियो। काउन्सिलको उक्त पत्रपछि सीआईबीले उनलाई छाडेको हो।

यो प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नो सुनिल शर्मा पनि पक्राउ परेका थिए । तर उनी २ दिनमा नै छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment