Comments Add Comment

Advertisment

SKIP THIS

खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

१८ पुष , काठमाडौं । पाँचपोखरी थाङपाल गाउँपालिका-६ धाप बस्ने ७४ वर्षीय मुक्तिनाथ पौडेलको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३० वर्षीय राजाराम रायमाझीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मुक्तिनाथ सहित ३ जनालाई राजारामले शनिबार दिउँसो खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मेलम्ची र प्रहरी चौकी पाँचपोखरीबाट खटिएको प्रहरीले घाइतेहरूलाई उपचारको लागि तिपेनी अस्पताल हुँदै थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल बबरमहल काठमाडौं पठाएकोमा उपचारको क्रममा सोमबार बिहान मुक्तिनाथको मृत्यु भएको हो । घाइते भएका अन्य २ जनाको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment