Comments Add Comment

Advertisment

SKIP THIS

चुनाव बिथोल्न माइकिङ गर्दै हिँड्ने ७ जना पक्राउ

२९ कात्तिक , काठमाडौ । चुनाव बिथोल्ने खालका अभिव्यक्ति माइकिङ गर्दै हिँड्ने ७ जनालाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले वलवा नगरपालिका-७ को बनौटा टोलमा निर्वाचन विरोधी गतिविधि अभिव्यक्ति माइकमार्फत प्रसारण गर्दै आएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

उनीहरू नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। पक्राउ पर्नेमा सो पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालक रहेको महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए।

चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री समेत नियन्त्रणमा लिएको उनीहरुमाथि थप अनुसन्धान भइरहेको एसपी पंगेनीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment