१० फागुन, काठमाडौं । नेपाली सेना र नेपाल प्रहरीले काठमाडौंको असनस्थित सडकमा फेला परेको झोला सम्बन्धित धनीलाई हस्तान्तरण गरेका छन् ।
गत आइतबार बिहान छाउनीदेखि बानेश्वरसम्म जाने क्रममा श्री नेपाली सेना, सूचना प्रविधि महाशाखा तोपखाना ब्यारेक त्रिपुरेश्वरमा कार्यरत प्राविधिक सुवेदार शम्भु बस्नेतले असनस्थित सडकमा फेला परेको कागजको नीलो झोला श्री नेपाली सेना, सैनिक प्रहरी गण, भद्रकालीमा बुझाएका थिए ।
सोमबार सैनिक प्रहरी गण, भद्रकालीकी सह-सेनानी कृतिका थापासहितको टोलीले उक्त झोलामा भएको नगद र सामानहरू महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको थियो । सम्बन्धित धनी नुवाकोट दुई पिप्ले -६ घर भई हाल काठमाडौंको ढल्कु बस्ने अन्दाजी ४० वर्षीय नवराज श्रेष्ठलाई सम्पर्कमा ल्याई निम्नानुसारको सामानहरू बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश राज मैनालीले बताए ।



