Comments Add Comment

Advertisment

SKIP THIS

थाह भएकै कुरा हो !

२६ चैत , काठमाडौं । अनेक तिक्तताको बावजुद आफ्नाले पदभार सम्हालेपछि पद त जोगियो नै तथापी स्थानीय चुनावमा परमेस्वरको आशिर्वाद कत्तिको लाग्छ हेर्न बाँकि छ ।

जनता अव आफैले विवेक प्रयोग गर्छन नै । अमेरिकाको बटम लाइनमा नगइ रुस र चीनतिर ढल्किएको आरोप लागेका पाकिस्तानका इमरान खानको लगभग पद गयो , केपी ओली प्रधानमन्त्री हुँदा आन्तरिक रडाको मच्चाउन लगाएर बिदेशी खुफियाहरुले टिक्न नदिएर अन्तमा परमादेशी सरकार बन्यो र अहिले त्यसैको ब्याज लिदैछन ।

उता अहिलेको रुस युक्रेन युद्द हुँदा भारतको तटस्थ नीति अनि रुससँगको आणविक हतियार खरिद कान्डले मोदीलाइ असर पक्कै पनि पर्नेछ नै , राजनाथसिहको भाग्य नखुल्ला भन्न सकिएला र ? स्थानीय चुनावदेखि केन्द्रसम्मै बिदेशी गुहार्ने प्रजातान्त्रिक नेताहरुले सत्तामा आउंदा लागेको ऋणको ब्याज तिर्दैमा हैरान भैरहेको वर्तमान नेपालको राजनीतिमा सर्वसाधारण जनताको घरदैलोमा बिकासको लहर अनि स्वास्थ्य र शिक्षाको पहुंच पुग्छ भन्ने आशा र भरोसा के बांकि रह्यो र ? त्यसैले आगामी जुनसुकै तहको निर्वाचनमा सन्जालको हौवामा नलागि अतीतको वास्तविकता बुझेर मात्र मतदान गरौं र गराउं ।

खिमराज गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

थाह भएकै कुरा हो !

Advertisment

छुटाउनुभयो कि? सबै

थाह भएकै कुरा हो !