Comments Add Comment

Advertisment

SKIP THIS

रोयल्टी नबुझाएको याक एन्ड यतिको पाँचतारे र क्यासिनो इजाजत रद्द

२७ माघ , काठमाडौं । पर्यटन विभागले क्यासिनो रोयल्टी र इजाजत नवीकरणबापतको बाँकी बक्यौता रकम नतिर्ने होटल याक एण्ड यती र त्यसभित्र सञ्चालन रहेको क्यासिनो सञ्चालन नगर्न निर्देशन दिएको छ । विभागले एक हप्ते सूचना जारी गर्दा पनि रोयल्टी र इजाजतपत्र नवीकरणबापतको दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा नबुझाउने होटेल र क्याससिनो बन्द गर्न निर्देशन दिएको हो ।

पत्रमा भनिएको छ, ‘२०७० को नियम १४ बमोजिम त्यस होटेलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजत रद्द गर्ने, होटेलको पाँच(५) तारा स्तरको वर्गिकरण प्रमाणपत्र रद्ध गर्ने, होटेलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का राख्ने नेपाल सरकार (माननीय मन्त्रीस्तर) बाट मिति २०७८-१०-२५ मा निर्णय भएको व्यहोरा अनुरोध छ । साथै, होटेल तथा क्यासिनो सञ्चालन नगर्नू नगराउनू हुन सूचित गरिन्छ।’

विभागले मन्त्रालयको निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई सहयोगका लागि पत्र पठाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई याक एन्ड यति होटलका नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पत्राचार गरिएको छ । त्यस्तै राष्ट्र बैंकलाई होटलका नाममा बैंक तथा वित्तीय संस्थामा रहेका बैंक खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन अनुरोध गरिएको छ ।

क्यासिनोबाट लामो समयदेखि उठ्न बाँकी रोयल्टी भने यो वर्ष संकलन भएको छ ।पर्यटन विभागको तथ्यांक अनुसार क्यासिनोबाट पुस मसान्तसम्म ६५ करोड ५० लाख रुपैयाँ रोयल्टी बुझाएका छन् । सोहीकारण यो वर्षको पहिलो ६ महिनामै पर्यटन विभागले ७० करोड रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ ।विभागले क्यासिनोसहित पर्वतारोहण रोयल्टी, होटल रिर्सोट दर्ता, शाहसिक पर्यटकीय क्रियाकलाप दर्ता र विविध शीर्षकमा उक्त राजस्व उठाएको हो । यसबीचमा पर्वतारोहण रोयल्टी ४ करोड २३ लाख रुपैयाँ संकलन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै