Comments Add Comment

Advertisment

SKIP THIS

उम्मेदवार फाइनल गर्न काँग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा सुरु

११ बैशाख , काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहीबेर अघिदेखि बैठक सुरु भएको हो । बैठकले काठमाडौं महानगरपालिकासहित काँग्रेसले पाएका तीन महानगरपालिकाका मेयरको टुंगो लगाउने छ । यस्तै काँग्रेसले महानगरपालिकामा पाएका उपमेयर पदको पनि टुंगो लगाइनेछ ।

काठमाडौं महानगरपालिकामा प्रकाशमान सिंहकी पत्नी श्रृजना उम्मेदवार बन्ने पक्कापक्की भएपनि काँग्रेसले भाग पाएको अन्य स्थानको टुंगो लाग्न सकेको छैन । नेताहरुबीच उम्मेदवारको विषयमा यसअघि आन्तरिक छलफल चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै