जनकपुरधाममा बौलाहा कुकुरले टोकेर एक बालिकाको मृत्यु -
Comments Add Comment

जनकपुरधाममा बौलाहा कुकुरले टोकेर एक बालिकाको मृत्यु

२६ वैशाख , काठमाडौ । जनकपुरधामको पुलचोकमा बौलाहा कुकुरले टोकेर एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मंगलवार साँझ बोलाहा कुकुरले टोकेर दिपक साहकी छोरी सन्ध्या साहको मृत्यु भएको हो ।

कुकुरले टोकेपछि उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको मृत्यु भएको स्थानीय रमेश साहले जानकारी दिए । शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक मजदुर हुन् । उनी श्रीमतीसँगै पुल चोकमा कोठा भाडा लिएर बस्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment