
२ माघ , काठमाडौ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख्य भरतमणि पाण्डे र प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङ आफै निरीक्षणमा निक्लेर कोरोना महामारीको तेस्रो लहर फैलिन शुरु भएसँगै जोखिमलाई मध्येनजर गर्दै सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै गएपछि मकवानपुरमा स्वास्थ्य मापदण्ड पालनलाई कडाइ र माइकिङ सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे जानकारी दिए ।

सार्वजनिक यातायातका साधनमा भीडभाड नगर्न, अनिवार्य मास्क लगाउन, चालक तथा सहचालकलाई मास्क, फेसमास्क लगाउन कडाइ गरिने छ । भरतमणि पाण्डे भने “सार्वजनिक यातायातदेखि सार्वजनिकस्थलमा अनुगमन गर्छौँ ।” जिल्लाका सरकारी तथा निजी अस्पताललाई तयारी अवस्थामा रहन उनले निर्देशन दिइन् । सङ्कट समाधानका लागि यहाँका सबै अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।

मकवानपुर जिल्लाका प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले विश्वब्यापी रुपमा फैलि रहेको कोरोना भाईरस संक्रमणको जोखिमलाई समेत ध्यानमा राखी सचेतना अभिवृद्धि स्वरुप सवारी साधन र पैदल मार्फत आवत जावत गर्ने तथा प्रहरीको काम कार्वाहीलाई प्रभावकारी वनाउने र मास्कको अनिवार्य प्रयोगलाई कडाइ गर्न जिल्लाका प्रहरीलाई निर्देशन दिएको बताएका छन् । उनले भने “कोरोना सङ्क्रमणबाट बच्न अनिवार्य मास्क लगाउन सबैलाई आह्वान गरेका छौँ, माइकिङ गर्दैछौँ, मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर लगाउन, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भीडभाड नगर्न आह्वान गर्दैछौँ ।”



