Comments Add Comment

Advertisment

SKIP THIS

धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

२७ भाद्र , काठमाडौँ । हेटौंडा उपमहानगरपालिका-१२ सिक्रेनी बस्ने २६ वर्षीय बिरन घिसिङलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने ३८ वर्षीय जोनसागर ब्लोनलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

जोनसागरले पुरानो रिसइविको कारण घर नजिकैको चौतारामा बिरनलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले जोनसागरलाई घटनामा प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका बिरनलाई हेटौंडा अस्पताल हुँदै थप उपचारको लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै