Comments Add Comment

Advertisment

SKIP THIS

सापटी दिएको लाखौँ रकम फिर्ता माग्दा आत्महत्या बाध्य : दाजु–बहिनीलाई मोरङ प्रहरीले पक्राउ

विराटनगर -सापट लिएको लाखौँ रकम नतिरी उल्टै धनीलाई गालीगलौज गर्दै आत्महत्या गर्न बाध्य पारेको आरोपमा दुई दाजु–बहिनीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

आठ वर्षअघि सापटी दिएको २२ लाख रुपैयाँ फिर्ता माग्दा उल्टै गालीगलौज गरेर विराटनगर– ३ का ६० वर्षीय गोविन्दप्रसाद नेपाललाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले विराटनगर– ४ का ५५ वर्षीय गति पोखरेल र उनकी बहिनी ३६ वर्षीया सविना पोखरेललाई पक्राउ गरेको हो। पक्राउ परेका दाजुबहिनीलाई आत्महत्या दुरुत्साहन कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान थालेको मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले बताए।

प्रहरीका अनुसार सापटी लिएको २२ लाख रुपैयाँ फिर्ता माग्न जाँदा पोखरेल दाजुबहिनीले उल्टै गालीगलाैज र धाकधम्की दिएपछि दिक्क भएका वृद्ध नेपालले उनीहरूकै घरअगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर १४ वैशाखमा आत्महत्या गरेका थिए।

घटनापछि फरार भएकी बहिनी सविनालाई झापाको कमल गाउँपालिकाबाट र दाजु गति पोखरेललाई विराटनगरस्थित उनकै घरबाट १८ वैशाखमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै