Comments Add Comment

Advertisment

SKIP THIS

महोत्तरीको सम्सीमा झण्डा मेलाकामा दुई समूहबीच झडप हुँदा प्रहरीले ४ राउन्ड गोली चलायो

धनुषा । महोत्तरीको सम्सीमा झण्डा मेलाका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले ४ राउन्ड गोली चलाएको छ ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको हो ।

झण्डा मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप भएको थियो ।

झडपका क्रममा दुवैतर्फ केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । झडपका क्रममा एउटा मोटरसाइकलमा आगजनीसमेत गरिएको छ ।

अवस्था बिग्रिन नदिन घटनास्थलमा जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै