Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारी सोमबार आइसल्याण्ड जादैँ

१९ कार्तिक , काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार आइसल्याण्ड जाने भएकी छन् ।

विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा ८-१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उनी सोमबार आइसल्याण्ड प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

डब्लूपीएलले भण्डारीलाई यो वर्षको डब्लूपीएल ट्राइलब्लेजर अवार्ड पनि प्रदान गर्ने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले ग्लोबल फोरममा अवार्ड ग्रहणसँगै आफ्नो मन्तव्य पनि राख्ने छिन् ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी पनि सहभागी हुने छन् । राष्ट्रपति भण्डारी १२ नोभेम्बरमा स्वदेश फर्कने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै