टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते -
Comments Add Comment

टर्कीमा शक्तिशाली भूकम्प, ३५ जना घाइते

७ मंसिर , काठमाडौँ । टर्कीको सबैभन्दा ठूलो सहर इस्तानबुलबाट २१० किलोमिटर (१३० माइल) पूर्वमा रहेको डुज्से सहर नजिकैको पश्चिमी टर्कीको क्षेत्रमा ६.० म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का इस्तानबुल र राजधानी अंकारामा महसुस गरिएको थियो ।

भूकम्पमा कम्तीमा ३५ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । भूकम्पको गहिराइ २ देखि १० किलोमिटर रहेको अनुमान गरिएको छ । पहिलो भूकम्प गएको २० मिनेटपछि दोस्रो भूकम्प गएको थियो ।

भूकम्पले घर भत्किएपछि कतिपय मानिसहरू झ्यालबाट हाम फालेर सडकमा पुगेका थिए । टर्कीको प्रकोप एजेन्सीले ३२ जना डुज्सेमा, एक जना इस्तानबुलमा, एक जना ब्ल्याक सीको तटमा रहेको जोङ्गुलडाकमा र एक जना दक्षिणपूर्वमा बोलुमा घाइते भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

म्यानमारमा भूकम्प

अपडेट : खोटाङ भूकम्पका केही तस्बिर

जापानको बोनिनमा भूकम्प

चीनमा ६.१ म्याग्नेच्यूडको भूकम्प

Advertisment

छुटाउनुभयो कि? सबै

म्यानमारमा भूकम्प

अपडेट : खोटाङ भूकम्पका केही तस्बिर

जापानको बोनिनमा भूकम्प

चीनमा ६.१ म्याग्नेच्यूडको भूकम्प


This will close in 20 seconds