Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेन र रुसका छिमेकी ८ देशमा जाने नेपालीका लागि नयाँ नियम

२७ चैत , काठमाडौं । सरकारले युक्रेन र रुसका छिमेकीका रूपमा रहेका ८ वटा श्रम गन्तव्यमा व्यक्तिगत श्रम स्वीकृति लिएर जाने नेपालीका लागि नयाँ नियम बनाएको छ । युद्धग्रस्त देशका वरपर रहेका श्रम गन्तव्यहरू रोमानिया, पोल्याण्ड, हंगेरी, क्रोएसिया, अल्बानिया, स्लोभाकिया, माल्दोभा र बेलारुसमा नयाँ नियम लागू गरेको हो ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको नाममा भिजिट भिसामा गएका एवं व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारीमा जाने अधिकांश व्यक्तिहरू अलपत्र पर्ने, ठगिने, बढी रकम तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएकाले ती देश जान दिइने श्रम स्वीकृतिलाई व्यवस्थित गरिएको जनाएको छ । वैशाख १ गतेदेखि लागू हुने गरी ती देश जाने नेपालीले मागपत्र प्रमाणीकरणका लागि नियोगबाट स्वीकृति लिनु पर्नेछ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै