Comments Add Comment

अस्पताल जान्छु भन्दै घरबाट निस्किएकी सरिता तिवारी तीन दिनदेखि बेपत्ता, परिवार चिन्तित

काठमाडौं । तार्केश्वर नगरपालिका–३ तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारी तीन दिनदेखि बेपत्ता भएकी छन्।

परिवारका अनुसार तिवारी वैशाख ११ गते मध्यान्ह करिब १२ बजे ‘अस्पताल जान्छु’ भन्दै घरबाट निस्किएकी थिइन्।

त्यसयता उनी सम्पर्कविहीन रहेकी छन्, जसले परिवारलाई थप चिन्तित बनाएको छ।

घटनापछि आफन्त तथा परिवारजनले खोजीकार्य जारी राखेका छन्। तर हालसम्म उनको कुनै अत्तोपत्तो लाग्न सकेको छैन।

परिवारले सर्वसाधारणलाई सहयोगका लागि अपिल गर्दै उनलाई कतै देखे वा कुनै जानकारी पाएमा तुरुन्त सम्पर्क गरिदिन अनुरोध गरेको छ।

सम्पर्कका लागि: ९८४९५४७१४४, ९८४९१६२९६२, ९८४११६०६१७, नेपाल प्रहरी -१००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै