Comments Add Comment

Advertisment

SKIP THIS

डेंगी संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

३ आश्विन , काठमाडौं । यो वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज २ गतेसम्म संक्रमितको संख्या १६ हजार ५८७ पुगेको छ । हालसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा चार हजार ६०४ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा चार हजार ४५४, भक्तपुरमा ७१३ गरी उपत्यकामा, डेंगी संक्रमितको संख्या नौ हजार ७७१ पुगेको छ । उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ५९७ जनामा संक्रमण देखिएको छ । दाङमा ९९४, रुपन्देहीमा ६५९ चितवनमा ४१०, गुल्मीमा २९२, दार्चुलामा १८८ तथा काभ्रेमा १५२ जनामा संक्रमण देखिएको छ । अन्य जिल्लामा संक्रमितको संख्या एक सयभन्दा कम रहेको महाशाखाको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै