Comments Add Comment

Advertisment

SKIP THIS

हुथी समूहद्धारा तीन दिने युद्धविरामको घोषणा

१३ चैत , काठमाडौं । यमनको हुथी समूहले तीन दिने युद्धविरामको घोषणा गरेको छ ।

समूहले यदि साउदी नेतृत्वको गठबन्धनले देश विरुद्धको आफ्नो कारबाही समाप्त गर्छ भने ‘स्थायी’ युद्धविरामको सम्भावना प्रस्ताव गरेकोसमेत अल जजीराले उल्लेख गरेको छ । साउदी अरेबिया ग्रान्ड प्रिक्स दौड अघि शुक्रवार जेद्दाह तेल डिपोमा आगलागी भएको बेलामा यो प्रमुख घटनाक्रम आएको हो ।

हुथी राजनीतिक नेता महदी अल-मशातले क्षेप्यास्त्र र ड्रोन आक्रमण र सबै सैन्य कारबाही तीन दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् । “यो एक निष्कपट निमन्त्रणा र विश्वास पुर्नस्थापित गर्न र सबै पक्षलाई वार्ताको क्षेत्रबाट कार्यको क्षेत्रमा लैजानका लागि चालिएको व्यावहारिक कदम हो,” अल–मशातले भनेका छन् ।

“र हामी यो घोषणालाई अन्तिम र स्थायी प्रतिबद्धतामा परिणत गर्न तयार छौँ, यदि साउदी अरेबियाले यमनमा घेराबन्दी अन्त्य गर्ने र यमनमा आफ्ना आक्रमणहरू सदाका लागि रोक्ने प्रतिबद्धता गर्दछ,” उनले थपे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै