Comments Add Comment

Advertisment

SKIP THIS

रुपन्देहीमा ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१९ मंसिर , काठमाडौं । रुपन्देहीको शुद्धोधन गाउँपालिका-२ हिरापुरमा सोमबार ट्रिपरको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।

रा१ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु२०प १९ ५७ नम्बरको मोटरसाइकललाई आज बिहान ९ बजे ठक्कर दिँदा रुपन्देहीकै बुटवल(१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनी गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा पौने १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय रन्यौराले जनाएको छ ।ट्रिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment