Comments Add Comment

Advertisment

SKIP THIS

सी डिभिजन लिग : आरसी ३२ को पाँचौँ जित

२२ वैशाख, काठमाडौ । सहिद स्मारक सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीले पाँचौँ जित निकालेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बिहान भएको खेलमा आरसी ३२ ले ओएसीसी क्लबलाई ३–० ले पराजित गरेको हो ।

आरसीको जितमा विवेक सन्तोषी, प्रविन राई र आशिष लावतीले १–१ गोल गरे । आरसी ३२ का आशिष म्यान अफ द म्याच घोषित भए । अर्को खेलमा महावीर क्लब र रानीवन स्पोर्टस क्लब दिउँसो पौने १ बजे आमने-सामने हुनेछन् । महावीर ७ अंकसहित तालिकाको छैटौँ स्थानमा छ भने रानीवन ६ अंकसहित सातौँ स्थानमा छ ।

तेस्रो खेलमा खालीबारी युथ क्लब र समाज कल्याण खेलकुद केन्द्र अपराह्न ४ बजे भिड्नेछन् । खालीबारी ५ अंकसहित ९ औँ स्थानमा छ भने समाज कल्याण ६ अंकसहित तालिकाको ९ औँ स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment