Comments Add Comment

रसुवा–केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि खुला

१४ पुष , काठमाडौं । नेपाल र जनवादी गणतन्त्र चीनबीचको रसुवा–केरुङ बन्दरगाह दुईतर्फी व्यापारका लागि औपचारिक रुपमा बुधबारदेखि पुनः सुरु भएको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

जनगणतन्त्र चीनको तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागले बन्दरगाहको उद्घाटन अवलोकन गर्न बुधबार केरुङमा एक औपचारिक समारोहको आयोजना गरेको छ ।

त्यस्तै, हिल्सा–पुराङ बन्दरगाह पनि २६ डिसेम्बर २०२२ देखि एकतर्फी व्यापारका लागि खुला गरिएको विज्ञप्तिमा जनाइएको छ । बन्दरगाह सुचारु भएपछि नेपाल र चीनबीचको द्विपक्षीय व्यापारमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै