Comments Add Comment

Advertisment

SKIP THIS

ढुंगाले लागेर हजुरआमाको मृत्यु, नातिनी घाइते

२२ भाद्र , काठमाडौ । डोटीमा पहिरोबाट खसेको ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका– ३ आगरकी ६१ वर्षीया कौमतीदेवी ऐरको मृत्यु भएको हो ।

कौमतीदेवीको उन्ने ओडार भन्ने ठाउँमा माथिबाट आएको ढुंगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ । कौमतीदेवी शनिवार माइती जान घरबाट हिँडेकी थिइन् । उनको माइतीघर आदर्श गाउँपालिका– ६ सवखोलामा रहेको छ । सोहीबेला पहिरो खसेर उनलाई ढुंगाले लागेको थियो ।

ढुंगाले लागेर कौमतीसँगै रहेकी उनकी नातिनी पर्ने १२ वर्षीया भुवनेश्वरी ऐर पनि घाइते भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै