Comments Add Comment

Advertisment

SKIP THIS

डोटीका केही क्षेत्र अझै अन्धकारमा

५ पुष काठमाडौ । यहाँका विभिन्न स्थानीय तहमा अहिले सम्म विद्युत सेवा विस्तार हुन सकेको छैन। विद्युत नभएका कारण यहाँका तीन स्थानीय तहका विभिन्न वडा वर्षौदेखि अन्धकार भएका छन् ।

जिल्लाका कुल नौवटा स्थानीय तहमध्ये तीनवटा स्थानीय तहका विभिन्न वडामा हाल सम्म पनि विद्युत बिस्तार भएको छैन। विद्युत् बिस्तार मात्रै होइन पोल समेत गाडिएका छैनन् ।

विद्युत नहुँदा यहाँका विभिन्न वडामा कामकाजमा समस्या हुने गरेको बताइएको छ । जिल्लाको बोगटान फुड्सिल, बडीकेदार तथा जोरायल गाउँपालिकाका अधिकांश वडामा अहिलेसम्म पनि बिजुली बिस्तार हुन नसक्दा कामकाजमा समस्या हुने गरेको कर्मचारी बताउँछन् ।

जोरायल गाउँपालिका–५ गड्सेरामा स्थानीय जलविद्युत् भए पनि सबै गाउँमा विद्युत् नपुगेको तथा दिउँसो ११ बजेबाट साँझ ५ बजेसम्म विद्युत् लाइन कटौती गरिने भएका कारण कार्यालयको कामकाज तथा अन्य काम गर्नमा निकै समस्या उत्पन्न हुने गरेको वडाध्यक्ष ध्वजबहादुर देउवाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीय गड्सेरीगाढ खोलाबाट विद्युत् त निकालेका छौँ, तर उक्त विद्युत् दिउँसो कार्यालय समयमा काटिने भएका कारण समस्या हुने गरेको छ,राति बत्ती आएपछि मात्रै कार्यालयको काम गर्नुपर्ने हुन्छ ।”

विद्युत्ले पावर धान्न नसक्ने भएका कारण दिउँसोको समयमा विद्युत्लाईन कटौती गरी राति केही गाउँमा विद्युत् वितरण गरिँदै आएको गड्सेरीगाढ लघुजलविद्युत् आयोजनाका अध्यक्ष लीलाधर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्युत्को उत्पादन क्षमता कमी छ, सबै गाउँमा विद्युत् वितरण गर्न सकिएको छैन,त्यसैले दिउँसो बत्ती काट्ने गरेका हौँ राष्ट्रिय प्रशारण लाइन विस्तार भएको छैन् ।”

त्यस्तै जिल्लाको बडिकेदार गाउँपालिकामा भने अहिलेसम्म विद्युत् विस्तार भएको छैन । विद्युत् नहुँदा स्थानीयवासी राति सल्लाको झुरो तथा केहीले सोलार बत्ती प्रयोग गर्न थालेको बडीकेदार–५ कोला गाउँका स्थानीय टेकबहादुर कलेलले बताउनुभयो ।

उता बोटगटान फुड्सिल गाउँपालिकाको टुडागाढमा स्थानीय टुडागाढ विद्युत् पावरहाउस भए पनि सबै वडामा विद्युत् विस्तार गर्न नसकिएको सो गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताउनुभयो । उहाँले भन्नुभयो, “टुडागाढ खोलाको विद्युत् सबै वडामा पु¥याउन सकिएको छैन, विद्युत् नहुँदा सारै समस्या हुने गरेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै